भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आईजीपी नियुक्ति कानुनसम्मत गर

आईजीपी नियुक्ति कानुनसम्मत गर

आईजीपी नियुक्ति कानुनसम्मत गरकाठमाडौं । ७ सय ५३ स्थानीय तहमा निर्वाचनको सरगर्मी बढिरहेको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको दुवै संगठनमा नेतृत्व परिवर्तनका लागि लबिङ शुरू भएको छ ।

सशस्त्र प्रहरी बलमा अस्वस्थ प्रतिस्पर्धा नभए पनि नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक हुनका लागि तीव्र लबिङ शुरू भएको स्रोतको दावी छ ।

वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री वैशाख १९ गतेबाट अनिवार्य अवकासमा जाने भएपछि नयाँ आईजीपीका लागि अहिले ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक तीव्र लबिङमा लागेका हुन् ।

नेपाल प्रहरीको नयाँ नेतृत्वको दाबेदार विश्व पोखरेल भए पनि अन्य तीन जना एआईजीहरूसमेत लविङ्गमा लागेका छन् ।झन्डै १८ महिनाअघि एआईजीमा बढुवा भएका पोखरेललाई पाखा लगाएर अन्य तीन एआईजी सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक आईजीपीको दौडमा रहेका छन् ।

पोखरेलभन्दा ६ महिनापछि एआईजीमा बढुवा भएका थापा र हालैमात्र एआईजीमा पदोन्नति भएका सिंह र धानुकले समेत आईजीपीका लागि राजनीतिक नेतृत्वमा लबिङ गरेपछि संगठनभित्र एक प्रकारको नैराश्यता छाएको बहालवाला अधिकृतहरूले बताए ।

 


Thali Mobile Pvt.Ltd.