भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

रुसले ल्यायो ‘जासुसी डल्फिन’

रुसले ल्यायो ‘जासुसी डल्फिन’

मस्को । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यो अवधिमा रुसले युक्रेनका धेरै ठूला सहर ध्वस्त पारेको छ भने लाखौं मानिस पलायन हुन बाध्य छन् ।

यहिबेला रसियाले युद्धभूमिमा जासुसी डल्फिन छाडेको केही संचारमाध्यमले जनाएका छन्। रुसले कालो सागरको नौसेना सैन्य आधारमा ट्रेन्ड मिलिटरी डल्फिन तैनाथ गरेको जनाएको छ ।

रुसले पानीमुनिको नौसैनिक जहाजमाथि आक्रमण रोक्न डल्फिनको प्रयोग गरिरहेको स्रोतको दावी छ । रुसले फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गर्दा नै दुई डल्फिनलाई सैन्य अखडामा लगिएको अनुसन्धानले देखाएको छ ।

रूसले यी डल्फिनहरूको प्रयोग समुद्रमुनि रहेका सामान खोज्न र दुश्मनका गोताखोरहरू पत्ता लगाउन प्रयोग गरेको छ। युएसएनआईका अनुसार धेरै रुसी जहाजहरू यहाँ बस्छन् ।

सेनाहरूले यहाँ क्याम्प राख्नुको सबैभन्दा ठूलो कारण यो बन्दरगाह शत्रुको क्षेप्यास्त्रको दायराभन्दा बाहिर छ । पानीमुनिबाट हुने हमलाबाट जोगिन रुसले सेभास्टोपोल नजिकैको एक एक्वेरियममा डल्फिनलाई तालिम दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.