भर्खरै : Sorry, your browser does not support inline SVG.

आजकाे सूर्यग्रहण नेपालका यी ठाँउबाट प्रत्यक्ष हेर्न सकिने

आजकाे सूर्यग्रहण नेपालका यी ठाँउबाट प्रत्यक्ष हेर्न सकिने

७ असार २०७७ काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आज सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे छोएको ग्रहणले मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने समितिले जनाएको छ ।

सूर्यग्रहणको फल राशि अनुसार मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले उल्लेख छ ।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने छ । आजको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताएका छन् ।

कहाँबाट हेर्ने

सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युव च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने जनाएकाे छ ।

देखिएका तस्बीरहरू..

surya garahan

 


Thali Mobile Pvt.Ltd.