काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको बैठक आज बस्दै छ । स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको छ । अपराह्न चार बजे बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलेको पत्र पढेर सुनाइने छ । मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी दिइने कार्यसूची छ ।
अधिवेशन नचले बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने कार्यसूची तय गरिएकाे छ । अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पेस हुने बताइएकाे छ ।
संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश जारी भएका थिए ।
लामाे समयपछि आजको बैठकमा दलका नेताहरुले बोल्ने कार्यसूची पनि राखिएको छ । बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने छ । सानु शिवा, सूर्यबहादुर केसी, ओमकार प्रसाद गौचन, दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधन भएको थियो ।
