उद्यमशील क्षमता अभिवृद्धि तालिमका लागि एमओयुमा हस्ताक्षर

उद्यमशील क्षमता अभिवृद्धि तालिमका लागि एमओयुमा हस्ताक्षर

भक्तपुर । सुर्यविनायक नगरपालिका र आईडीआई र टि–हेल्पबीच कृषिमा आधारित उद्यमशीलताको क्षमता अभिवृद्धि तालिमका लागि एमओयुमा हस्ताक्षर गरिएको छ ।

परियोजना छ महिनासम्म रहने बताइएको छ । एमओयुु अनुसार सूर्यविनायकमा तरकारी खेती, फुलखेती, पशुपालन र मल ऊत्पादक किसानहरूलाई सीप सिकाएर उद्यमशील बनाउने भएको छ ।

सीप सिकेकाहरुलाई अझ बलियो बनाउँन क्षमता अभिवृद्धि तालिम दिइने नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बताए ।

आवश्यकताका आधारमा कृषि उद्यमशीलता विकास हुने र अपेक्षित परिणाम ल्याउने तयारीमा नगरपालिका जुटेको उप–प्रमुख सरिता तिमसिना भट्टराईले बताइन् ।

कार्यक्रममा सुर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, उप–प्रमुख सरिता तिमसिना भट्टराई, प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र कंडेल, इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई)का रोसन धिमिरे, नृपा देवकोटा, टी–हेल्पका आनन्द शोभा ताम्राकार , हिमा श्रेष्ठसहितको सहभागितामा एमओयुमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटा, वडा नं ८ का अध्यक्ष आर्थिक विकास समिति संयोजक पुष्प वस्नेत, वडा नं ४ का अध्यक्ष लछुराम न्यौपाने र कृषि तथा पशुपालन शाखाका कर्मचारीहरुकोसमेत उपस्थिति रहेको थियो । सीपबाट किसानले थोरै जमिनमा धेरै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.