भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

आफ्ना गविधिलाई बढाए अमेरिकाविरुद्ध आणविक हमलाको उत्तर कोरियाको चेतावनी

आफ्ना गविधिलाई बढाए अमेरिकाविरुद्ध आणविक हमलाको उत्तर कोरियाको चेतावनी

एजेन्सी । अमेरिकाले उत्तेजक गतिविधि बढाएको भन्दै उत्तर कोरियाले अमेरिका विरुद्ध आणविक हमला गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले पटक–पटकको चेतावनीपछि पनि अमेरिकाले जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको र थप सैन्य गतिविधि बढाउने योजना बनाएको भन्दै आणविक हमलाको चेतावनी दिएको हो ।

गत बुधबार मात्रै जापानी समुद्रमा दुई क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले आणविक हमलाको धम्की दिने तहमा उत्रिएको हो । दक्षिण कोरिया तैनाथ एक जना अमेरिकी सैनिक भागेर उत्तर कोरिया प्रवेश गरेपछि अमेरिका र उत्तर कोरियाबीचको तनाव थप बढेको बेला उत्तर कोरियाले आणविक हमलाको धम्की दिएको हो ।

अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा त्यसको जवाफ आणविक अस्त्र प्रहार हुने चेतावनी उत्तरकोरियाले दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.