भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

गोर्खा इको प्यानललाई कोशी प्रदेशको सम्मान

गोर्खा इको प्यानललाई कोशी प्रदेशको सम्मान

काठमाडौं । आधुनिक निर्माण सामाग्री उत्पादन गर्दै आएको गोर्खा इको प्यालललाई कदर गरिएको छ । स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने गोर्खा इको प्यानललाई कोशी प्रदेश इन्जिनियरिङ एसोसिएसन विराटनगरले ६१ औ इन्जिनियर दिवस २०८० को अवसरमा सम्मान गरेको हो ।

हलुका, भूकम्प प्रतिरोधी, वातावरणमैत्री, तीव्र निर्माण सम्भब हुनेलगायतका अनेक कारणले आधुनिक निर्माण सामाग्रीको रुपमा देशैभरि गोर्खा इको प्यानल लोकप्रिय बन्दै गएको हो । भक्तपुरमा कर्पोरेट कार्यालय रहेको गोर्खा इको प्यानललाई कोशी सरकारले सम्मान गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर सुरेश कवांलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् । गोर्खा इको प्यानल आइएसओ सर्टिफाइड निर्माण सामाग्री उत्पादन कम्पनी हो । यो अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधेमा कर्पोरेट अफिस भएको गोर्खा इको प्यालन देशभरि प्रयोग हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.