भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन

आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन

काठमाडौं । एक हजार ३२९ जनाले यो मौसममा हिमाल आरोहणका लागिअनुमति पाएका छन्। आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लमका लागि छन्। ‘अमादब्लम आरोहणका लागि ४५ समूहका ४९२ जनाले अनुमति लिएका छन्। अहिलेसम्म ७६ देशका आरोहीले ५२ हिमाल आरोहणका लागि अनुमति लिएका हुन ।

पर्यटन विभागका अनुसार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो पटक ६ मुलुकका २२ जनाले नेपालका हिमालबाट ‘स्की’का लागि अनुमति लिएका छन्।

स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक छन्। उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन्। मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन्।

आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्याण्डका ५० जना छन्। यो मौसमको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.