भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

इजरायली सेनाको पछिल्लो आक्रमणमा हमासका कमाण्डर मारिएको दाबी

इजरायली सेनाको पछिल्लो आक्रमणमा हमासका कमाण्डर मारिएको दाबी

इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको इजरायलले दाबी गरेको हो । तर हमासले भने यसको पुष्टि नगरेको बीबीसीले जनाएको छ । सेनाले गएको अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य योजनाकार सलामा रहेको बताएको छ ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको खान युनिसमा सहायताका लागि बसेका थुप्रै नागरिक रहेको शरणार्थी शिविरमा आक्रमण गरेको जनाएको छ । यो आक्रमणमा आक्रमणमा एक सय १४ प्यालेस्टाइनी मारिएको र चार सय जना घाइते भएका मन्त्रालयले दाबी गरेको छ । इजरायलले हमासका वरिष्ठ नेता निशाना बनाएको भन्दै आएको छ । तर हमास नेताले इजरायलले नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.