भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा

केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर । सुर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको तयारी पुरा भएको छ । मन्दिर संरक्षण तथा विकास समितिले हरेक बर्ष झै यस बर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८दिने श्रावणी मेलाको तयारी पुरा भएको जनाएको छ । यस बर्ष मेला सम्पन्न गर्न करिव १० लाख खर्च हुने अनुमान रहेको उनको भनाइ छ ।

श्रावणी मेलामा शनिबार र सोमबार दर्शनाथीको अत्याधिक भीड हुने भए पनि पुजा गर्न एक घण्टा भन्दा बढी बस्न नपर्ने गरी व्यवस्था गरिएको समितिले जनाएको छ । यसबर्ष मेलामार्फत भेटी र चन्दा सहयोगबाट १ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ । मेलाका क्रममा साउन १ गते विहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने भएको छ ।

प्रत्येक सोमबार र शनिबार दिन विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती रहने र विमला गंगा आरती हुने छ। त्यस्तै, ३६ दिन नै स्थानीय गुरुहरुबाट नित्य पुजा लगायत पाठपारायण कार्य हुने छ । २०६६ साल भदौमा मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा भदौ ६ गते मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने छन् ।

भक्तजनहरुका लागि प्रवेश खुल्ला तथा श्रीबणी मेला २०८१ को यज्ञ पुर्णाहुती सहित मेलाको समापन हुने भएको छ । मेला अवधिमा पाँच दर्जनबढी स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिने जनाइएको छ। डोलेश्वर मन्दिर धार्मिकसंगै पर्यटकीय गन्तव्यको रुपमा समेत बिकास हुंदै गएकोले यहाँका शिवालयहरुलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरिएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भइसकेको धार्मिक स्थालका रुपमा परिचित पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।
डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.