काठमाडौं। इनारमा डुबेर भोटेबहालमा दुईजनाको मृत्यु भएको छ ।
झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको हो ।
पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा पसे र दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताए ।
घटनाकाे अनुसन्धान भइरहेकाे उनकाे भनाइ छ ।
