भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कक्षा १२ उत्तीर्ण गरी विवाह गर्नेलाई नगद पुरस्कार

कक्षा १२ उत्तीर्ण गरी विवाह गर्नेलाई नगद पुरस्कार

पाल्पा । निस्दी गाउँपालिकामा २० वर्ष उमेर पुगेर कक्षा १२ उत्तीर्ण गरी विवाह गर्ने नगदसहित पुरस्कृत गर्ने गाउँपालिकाले नीति लिएको छ । गाउँपालिकाले २५ जना महिलालाई नगदसहित सम्मान गरेको छ । त्यस्ता महिलालाई सम्मान गर्नका लागि पालिकाले एक महिनाअघि नै सूचना जारी गर्ने गरेको छ ।

त्यस्ता महिलाले वडामार्फत आवेदन माग गर्न पालिकाले सूचित गरेको छ । सात वटै वडाका महिलालाई प्रोत्साहनस्वरूप ८ हजार नगद र सम्मानपत्र प्रदान गर्ने गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । बालमैत्री गाउँपालिका घोषणाका लागि चालु आर्थिक वर्षमा यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

बालविवाह न्यूनीकरणका लागि सचेतना जगाउन तथा महिलाहरूलाई शिक्षामा आकर्षित गर्न नगदसहित सम्मान गरेको पालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले बताइन् । आर्थिक वर्ष २०७९ साउन १ देखि वैशाख ३१ गते सम्म निस्दी गाउँपालिकाभित्र स्थायी बसोबास गरिरहेका कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरूलाई यस्तो पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागिताका लागि आवश्यक कागज पत्रसहित निवेदन मागेको थियो । नागरिकताको प्रमाणपत्र, कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि र बैंक खाता पालिकाले माग गरेर यस्तो पुरस्कार दिने गरेको सूचना अधिकारी अर्जुन खनालले बताए ।

महिलालाई उच्च शिक्षा ग्रहण गर्न उत्प्रेरित गर्न तथा बालविवाह न्यूनीकरणमा सचेतना जगाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बालमैत्री फोकल पर्सन कुस्माखर पाण्डेयले बताए ।

बालमैत्री पालिका घोषणाका लागि अभियान सञ्चालन गर्न बालविवाह न्यूनीकरणसँगै महिलाहरूलाई शिक्षातर्फ प्रेरित गर्न प्रोत्साहन पुरस्कारले सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए । गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षित गर्न यसअघि स्नातकोत्तर उत्तीर्ण महिलालाई पुरस्कृत तथा सम्मान गरेको उनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.