भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

उखु किसानको बाँकी रकम सरकारी नियन्त्रणमा

उखु किसानको बाँकी रकम सरकारी नियन्त्रणमा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच भएको सम्झौताको अवधि सकिएको छ । ६६ करोड बक्यौता रकम उठ्नुपर्नेमा करिब ४४ करोड रुपैयाँ मात्रै बक्यौता उठेको जनाइएको छ ।

४३ करोड ९७ लाख रुपैयाँ उठेर थप रकमसमेत सरकारी नियन्त्रणमा आएको प्रशासनले जानकारी दिएको छ । किसानको पैसा केही उठेर बाँकी रकम सरकारी नियन्त्रणमा रहेको जानकारी आएको उखु किसानका संरक्षक राकेश मिश्रले बताए । उद्योगीबाट जफत गरेर उठाउनुपर्ने रकम राखिएको उद्योग मन्त्रालयले भनेको उनको भनाई छ ।

अहिलेसम्म कति किसानले रकम पाए त्यसको विवरणसमेत नदिइएको उनको जिकिर छ । सरकारको यो गतिविधिबाट किसानहरू असन्तुष्टि छन् भने उखु किसान आन्दोलनमै छन् । आन्दोलन चलिरहेकै वेला श्रीराम सुगर मिलले २६ करोड, लुम्बिनी चिनी मिलले २ करोड र अन्नपूर्ण चिनी मिलले ५.५ करोड रुपैयाँ भुक्तानी दिएका थिए । पैसा उठ्ने आसमा किसानले आन्दोलन स्थगित गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.