भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी |

उत्कृष्ट विद्यालय दोलागिरिको ३९औं बार्षिकोत्सव भव्यताकासाथ सम्पन्न

उत्कृष्ट विद्यालय दोलागिरिको ३९औं बार्षिकोत्सव भव्यताकासाथ सम्पन्न

भक्तपुर । चाँगुनारायण स्थित दोलागिरि माध्यमिक विद्यालयको ३९ औं बार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार विद्यालयको ३९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘स्मारिका–२०७८’ विमोचन, पुरस्कार वितरण तथा विद्यालयका शिक्षक तथा विशिष्ट व्यक्तिहरूलाई सम्मान समेत गरेको छ ।

समारोहमा चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले विद्यालयको भौतिक संरचना र शैक्षिक प्रगतिको प्रशंषा गरे । विद्यालयको शैक्षिक स्तरोन्नतिको लागि शिक्षक, अभिभावक र विद्यार्थीको महत्वपूर्ण देन हुने भन्दै उनले प्रधान अध्यापकको सक्रियता र विद्यार्थीको सक्रिय सहभागिताले विद्यालयको विकासमा टेवा पुग्ने विचार व्यक्त गरे ।

सार्वजनिक विद्यालयको शैक्षिक स्तर उकास्न सम्बन्धित सबै निकाय अग्रसर हुनुपर्ने भन्दै विद्यार्थीहरूलाई किताबको ज्ञानबाहेक नागरिक भावना, भूगोल, इतिहास, राजनीतिशास्त्र आदिको शिक्षा पनि दिनुपर्नेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङले ब जोड दिए ।

खराब राजनीतिका कारण त्यसको असर विद्यालयमा पनि पर्नु गलत कुरा भएको उनको भनाइ छ । बार्षिकोत्सव कार्यक्रममा बोल्ने अधिकाँश व्यक्तित्वले निजी विद्यालयहरूको उद्देश्य सम्पन्न परिवारका छात्र–छात्राहरूको व्यक्तित्व विकास गर्नु रहेको भन्दै सार्वजनिक विद्यालयहरूले गरिब जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा जनस्तरबाटै अगाडि बढाउनु आवश्यक रहेको धारणा राखे ।

उनीहरुले त्यसको नेतृत्व दोलागिरि माविबाट हुनु पर्ने बताए । कार्यक्रममा विभिन्न प्रतियोगितामा भागलिएर प्रथम, दितिय, तृतिय र सान्तोना प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार, मेडल, ड्रेस र विभिन्न व्यक्तित्वलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

दोलागिरि मा.वि. व्यवस्थापन समिति अध्यक्ष राम कुमार तामाङको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिका प्रमुख सोम प्रसाद मिश्र रहेका थिए ।

उच्च मा.वि. अध्यक्ष कृष्ण प्रसाद धन्छाको विशेष आतिथ्यतामा मा. वि. स्तरिय संयुक्त परीक्षा समिति अध्यक्ष कृष्ण किसी, चाँगुनारायण नगरपालिका वडा नं. ४ का अध्यक्ष पुदीलाल महर्जन, विद्यालय संस्थापक सल्लाहकार चक्रधारान्दा राजउपाध्याय रहेका थिए ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.