भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

केन्द्रीय सदस्यमा पराजितलाई सीधै मनोनित गर्ने दाउमा देउवा

केन्द्रीय सदस्यमा पराजितलाई सीधै मनोनित गर्ने दाउमा देउवा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका लागि एक सय ३४ जना निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय समिति १६७ सदस्यीय हुन्छ । सभापति शेरबहादुर देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउँने विधानले नै अधिकार दिएको छ ।

तर चुनाव हारेका नेतालाई केन्द्रीय सदस्य बनाउन मिल्ने कि नमिल्ने विधानमा केही उल्लेख नभएकाले देउवा अलमलमा परेका छन् । सोही कारण देउवाले गत १० पुसमा बसेको पहिलो बैठकमा केही नेतालाई केन्द्रीय सदस्य बनाउने तयारी गरे पनि सकेका छैनन् । उनले पराजित उम्मेदवारलाई मनोनित गर्न विधानले केही असर गर्छ कि गर्दैन भनेर आफू निकट कानून व्यवसायीहरुसँग सल्लाह मागेका छन् ।

देउवा निकट नेता मीन विश्वकर्मा पदाधिकारीमा चुनाव लडेका र केन्द्रीय समितिमा आवश्यक महसुस भएका नेताहरुलाई सभापतिले मनोनित गरेर ल्याउने बताएका छन् । सभापतिमा दोस्रो स्थानमा परेका डा. शेखर कोइरालालाई भने विधानले नै स्वतः केन्द्रीय सदस्य बनाउँछ ।

देउवालाई पहिलो चरणमा सभापतिमा हारेर दोस्रो चरणमा आफूलाई सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधीलाई केन्द्रीय सदस्य बनाउनै पर्ने बाध्यता एकातिर छ । आफ्नै टिमबाट उपसभापतिमा चुनाव हारेका विजयकुमार गच्छदार, महामन्त्रीमा हारेका डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई पनि केन्द्रीय सदस्य बनाउन दवाव परेको छ ।

 


Thali Mobile Pvt.Ltd.