भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

उपचारका क्रममा भारतमा भएको खर्च आफैं ब्यहोर्ने राष्ट्रपति पौडेलले घोषणा

उपचारका क्रममा भारतमा भएको खर्च आफैं ब्यहोर्ने राष्ट्रपति पौडेलले घोषणा

काठमाडौं । भारतमा उपचारका क्रममा भएको खर्च आफैं ब्यहोर्ने राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेका छन् । राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार वक्तव्य जारी गर्दै राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन ।

सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेको उल्लेख गरिएको छ । उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका थिए ।

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भएको थियो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतमा उपचार भएको हो । उपचारका क्रममा भारतमा भएको खर्च आफैं ब्यहोर्ने राष्ट्रपति पौडेलले घोषणा

 


Thali Mobile Pvt.Ltd.