काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकाका १६ वटा अस्पताललाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १०र१० हजारका दरले सिटामोल वितरण गरिए स्वास्थ्य मन्त्रालयले जनाउको छ ।
राष्ट्रिय ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६ र ६ हजार तथा निजामती अस्पताल नयाँबानेश्वर, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, भक्तपुर अस्पताल र प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई ५ र ५ हजार सिटामोल वितरण गरिएको छ । बजारमा अझै पनि अभाव भएपछि सरकारले काठमाण्डौका ठूला अस्पताललाई सिटामोल वितरण गरेको हो । राष्ट्रिय आयुर्वेद तालिम तथा रिचर्स केन्द्र कीर्तिपुरलाई ३ हजार तथा गंगालाल हृदयरोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आयुर्वेद अस्पताल नरदेवीलाई २र२ हजारका दरले सिटामोल वितरण गरिएको छ ।
