आँखाको नानी प्रत्यारोपण सेवा राप्ती आँखा अस्पतालमा सुरु

आँखाको नानी प्रत्यारोपण सेवा राप्ती आँखा अस्पतालमा सुरु

दाङ । राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरू गरिएको हो । राप्तीमा उपचार सुरु भएपछि आँखाको नानी फेर्नका लागि काठमाण्डौ वा अरु सेवा भएका ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।

नेपाल आँखा बैंकले उपलब्ध गराएको नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको जनायउको हो ।

 


Thali Mobile Pvt.Ltd.