भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

उपनिर्वाचनका लागि आइतबार तनहुँ १ मा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गाडी चलाउन नपाइने

उपनिर्वाचनका लागि आइतबार तनहुँ १ मा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गाडी चलाउन नपाइने

काठमाण्डौ । तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । बैशाख १० गने हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा गाडी आवागमन रोकिने जिल्ला प्रशासन कार्यालय तनहुँले रोक लगाएको हो । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यक बाहेकका गाडी चल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

पृथ्वी राजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा बेलुका ५ बजेपछि मात्रै यात्रा गर्नुपर्ने उल्लेख गरिएको छ । दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी भने चलाउन पाइनेछ ।

तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपचुनाव हुँदै छ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।उपनिर्वाचनका लागि आइतबार तनहुँ १ मा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गाडी चलाउन नपाइने

 


Thali Mobile Pvt.Ltd.