भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

उभियो ५५ हात लामो ल्योसिंद्यो

उभियो ५५ हात लामो ल्योसिंद्यो

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिन लामो विस्का जात्राको चौथो दिन ५५ हात लामा लिंगो उठाइएको छ । बिहीबार राति ५५ हात लामो लिङ्गो उठाइएको हो । साँंझ पाँंचबजदेखि सयौं युवाको सक्रियताले लिंगो उठाउन सफल भएको हो ।

प्रत्येक वर्ष जस्तै भक्तपुर नगरपालिका वडा नं ५ स्थित ल्योसिंखेलमा ५५ हात लामो लिंगो राति पौने आठ बजे उभ्याउन सफल भएको थियो । लिंगो तान्न सयौं युवाहरु स्वतस्फुर्ट तयार हुन्छन् । घण्टौको प्रयासपछि लिंगो उभ्याउन सफल भएका हुन्छन् । ठूलो भएका कारण कुनै वर्ष लिंगो उभ्याउन नसकेका पनि छ । तर पनि भोलिपल्ट उठाइन्छ ।

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँं यसरी नै लिंगो उभ्याउने गरिन्छ । उभ्याइएको लिगोंलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उभेको बुझाई छ ।

विस्का जात्राको सवैभन्दा बढी मुख्य आकर्षणको जात्रा लिंगो उठाउने जात्रा हो । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु यो जात्रा पुगेका थिए ।

 


Thali Mobile Pvt.Ltd.