भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि दोस्रो चरणको मतदानको तयारी भएको थियो ।

दोस्रो चरणको मतदानमा जानुअघि उमेशलाल श्रेष्ठले अञ्जन श्रेष्ठलाई नै सहमति जनाएपछि अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । पहिलो चरणमा अञ्जनसँगै उमेशलाल र रामचन्द्र संघाई वरिष्ण उपाध्यक्षका उम्मेदवार थिए ।

तेस्रो नम्बरमा रहेपछि संघाई दोस्रो चरणको चुनावी प्रतिस्पर्धाबाट बाहिरिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको वैधानिक व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्षको चुनाव रोचक भएको हो ।

बुधबार भएको चुनावबाट महासंघका अन्य पदाधिकारी तथा सदस्य भने निर्वाचित भइसकेका छन् । अब महासंघको नयाँ नेतृत्व अर्थात अध्यक्षमा चन्द्र ढकाल आएका छन् । यसअघि ढकाल वरिष्ठ उपाध्यक्ष चुनिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.