भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि दोस्रो चरणको मतदानको तयारी भएको थियो ।

दोस्रो चरणको मतदानमा जानुअघि उमेशलाल श्रेष्ठले अञ्जन श्रेष्ठलाई नै सहमति जनाएपछि अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । पहिलो चरणमा अञ्जनसँगै उमेशलाल र रामचन्द्र संघाई वरिष्ण उपाध्यक्षका उम्मेदवार थिए ।

तेस्रो नम्बरमा रहेपछि संघाई दोस्रो चरणको चुनावी प्रतिस्पर्धाबाट बाहिरिए । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको वैधानिक व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्षको चुनाव रोचक भएको हो ।

बुधबार भएको चुनावबाट महासंघका अन्य पदाधिकारी तथा सदस्य भने निर्वाचित भइसकेका छन् । अब महासंघको नयाँ नेतृत्व अर्थात अध्यक्षमा चन्द्र ढकाल आएका छन् । यसअघि ढकाल वरिष्ठ उपाध्यक्ष चुनिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.