भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

एक महिनामा ९ हजार भन्दाबढी डेंगुका बिरामी असपतालमा भर्ना

एक महिनामा ९ हजार भन्दाबढी डेंगुका बिरामी असपतालमा भर्ना

काठमाडौं । बागमती प्रदेश डेंगुको हब बन्दै गएको चिकित्सकले बताएका छन् । यो अझै एक महिना बढ्दो क्रममा रहने विज्ञहरूले औँल्याएका छन् । पुरा शरीर ढाक्ने लुगा लगाउन, लामखुट्टेको धूप बाल्न, झुल राखेर सुत्नका लागि निर्देशन दिने बाहेक जनस्वास्थ्यलाई केन्द्रित कार्यक्रम सरकारले तय गरेको छैन ।

बागमती प्रदेशमा मात्र ७ हजार ४ सय ४० जना डेंगुका बिरामी भेटिएका छन् । त्यसै गरी दोस्रो नम्बरमा लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५६ जना, तेस्रो स्थानमा रहेको प्रदेश नं १ मा ३ सय २० जना , चौथो स्थानमा रहेको सुदूर पश्चिममा २ सय ७१ जना, गण्डकी प्रदेशमा २ सय २ जना छैठो स्थानमा रहेको मधेश प्रदेशमा १ सय ८० जना र

सातौ नम्बरमा रहेको कर्णाली प्रदेशमा समेत डेंगुका बिरामी ६६ जना प्रमाणित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डेंगुका बिरामीहरू दिनप्रतिदिन बढ्दै गएको छ । २००४ मा १ जनामा पुष्टि भएको डेंगु सन् २००५ मा रेकर्ड नै भएको पाइन्न तर अहिले डेंगु महामारीकै रुपमा फैलिदै जाने चिकित्सकले औल्याएका छन् ।

स्वास्थ्य सुरक्षामा सरकारले खासै ध्यान दिन नसके जन गुनासो आउन थालेको छ । बिरामीको चाम अस्पतालले थाम्नै गाह्रो भएको वीर अस्पतालका एक उच्च अधिकारीले बताएका छन् । विगतमा भन्दा यो वर्ष तापक्रम उत्तिकै बढेको अवस्थामा कोभिडको पनि चाप छ भने डेगुका बिरामी समेत थपिँदा आइसियु बेड लगायत जनशक्ति पर्याप्त नहुँदा काम गर्नै गाह्रो भएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.