भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपालमा चीन विरोधी कुनै पनि गतिविधि गर्न दिन्नौंः प्रधानमन्त्री देउवा

नेपालमा चीन विरोधी कुनै पनि गतिविधि गर्न दिन्नौंः प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली भूमिमा चीनका विरुद्ध कुनै पनि गतिविधि गर्न नदिइने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएका छन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समिति अध्यक्ष ली चान्शुको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसंग सिंहदरबारमा कुराकानी गर्दै देउवाले पञ्चशीलको सिद्धान्तमा आधारित रहेर यस्तो धारणा व्यक्त गरेका हुन ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले एक चीन नीतिप्रति आफु प्रतिबद्ध रहेको बताए ।देउवाले भने, ‘चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न दिँदैनौ।’ नेपालको आर्थिक सामाजिक क्षेत्रमा लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गर्दै देउवाले नेपालसंग गरेको सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन थप विश्वस्त रहेको बताए ।

सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताए । उनले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिए ।

अध्यक्ष चान्शुले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण गरे । नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना दिए । उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.