भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

एक महिनासम्म चल्ने ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु

एक महिनासम्म चल्ने ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु

काठमाडौं । एक महिनासम्म चल्ने ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्ने प्रचलन रहेको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न साँझ मुसलमानले आकाशतिर चन्द्रमा हेर्ने प्रचलन छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र महिनाको रुपमा लिइएको छ । मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.