भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

छ महिनाको अवधिमा विश्वका विभिन्न देशमा रहेका ६ सय १२ नेपाली कामदारको मृत्यु

छ महिनाको अवधिमा विश्वका विभिन्न देशमा रहेका ६ सय १२ नेपाली कामदारको मृत्यु

काठमाडौँ । चालू आर्थिक वर्षको छ महिनामा वैदेशिक रोजगारीको क्रममा ६ सय १२ नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका नेपालीले ज्यान गुमाएको हुन । साउदी अरबमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १ सय ८५ रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । साउदी अरबपछि सबभन्दा धेरै रोजगारीका लागि मलेसिया पुगेका नेपालीले ज्यान गुमाएका छन् ।

यो छ महिनामा सबैभन्दा धेरै साउदी अरबमा रोजगारीका लागि गएका नेपालीले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको छ महिनामा वैदेशिक रोजगारीका लागि गएका १ सय १४ जना अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् । साउदी अरेबियाबाट ३८ जना अङ्गभङ्ग भएर फर्किएका छन् । संयुक्त अरब इमिरेटस (यूएई)बाट २४ जना, कतारबाट २२ जना, मलेसियाबाट १६ जना र कुवेतबाट पाँच जना अङ्गभङ्ग भएर फर्किएका छन् ।

यस्तै रोमानिया र दक्षिण कोरियाबाट दुई–दुई जना, पपुआ न्युगिनी, माल्टा, जापान, इजरायल र क्रोएसियाबाट एक÷एक जना अङ्गभङ्ग भएर फर्किएको बोर्डले जनाएको छ ।
मलेसियामा १ सय २३ जना नेपालीको ज्यान गएको छ । मलेसियापछि कतारमा १ सय १७ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ ।

खाडीको अर्को देश यूएईमा यही अवधिमा १ सय ४ जनाले ज्यान गुमाएका छन् भने कुवेतमा ३० जना, बहराइनमा १२ जना, जोर्डन र ट्रर्कीमा दुई र दुई जना, सेसल्समा एक जना, रोमानियामा चार जनाको, दक्षिण कोरियामा ११ जनाले ज्यान गएका छन् । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकका आफन्त र अङ्गभङ्ग वा बिरामी भएर स्वदेश फर्किएका श्रमिकले पाउँदै आएको आर्थिक सहायताबापतको रकम बढाउने सरकारले तयारी गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.