सुर्खेत । जुवाखालबाट एक लाख नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीको गस्ती टोलीले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत तातोपानी जुम्ला रोडस्थित शक्तिराम रोकायले सञ्चालन गरेको तीनतोली होटलबाट पक्राउ गरिएकाे हाे ।
गए राति ती आठ जनालाई जुवाखालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । दुईगड्डी तास र प्लाष्टिकको एक थान चटाइसहित एक लाख तीन हजार ५३५ रूपया बरामद गरिएको हो ।
पक्राउ पर्नेमा चक्रबहादुर शाही, जीवनबहादुर शाही, तपेन्द्र शाही, नवीन शाही, बजीर शाही, गणेश शाही, भीमबहादुर शाही र कटक शाही रहेका छन् । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२५ बमोजिम जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नमिल्ने कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी मुद्दा चलाएको प्रहरी निरीक्षक रायमाझीले कैलाश खबरलाइ बताए ।
