भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मेयर र अधिकृत कलहकाे दलदलमा मध्यपुर थिमिनगरपालिका

मेयर र अधिकृत कलहकाे दलदलमा मध्यपुर थिमिनगरपालिका

भक्तपुर । नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र कार्यकारी अधिकृत उद्धवप्रसाद रिजालबीचको द्वन्द्वका कारण मध्यपुर थिमि नगरपालिका यतिबेला द्वन्द्व र कलहको दलदलमा फँसेको छ । जसका कारण दसैंअघि पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता तिहारअगाडि नपाउने निश्चित भएको छ ।

नगरसभाबाट बजेट विनियोजन भई नियमित रूपमा उपभोक्ता समितिबाट भइरहेका योजनाका कामलाई दसैं अगाडि नै रकम निकासा दिनुपर्ने भए पनि रोक्का गरेको, नगरभित्रको आन्तरिक राजनीतिमा अधिकृतले चलखेल गरेको र नगरका दस्तावेजलाई बदनियतपूर्वक बाहिर पठाई वडाध्यक्षहरूसँग मिलेर मेयरविरूद्ध गतिविधि गरेको मेयर श्रेष्ठले आरोप लगाएका छन् ।

४९औं कार्यपालिका बैठकबाट कार्यकारी अधिकृत रिजाललाई मन्त्रालय नै फिर्ता पठाउने निर्णय समेत गरेको छ । दुईपक्षबीचको द्वन्द्वले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति,, एकल महिला झन पीडित बन्न पुगेका छन् ।

 


Thali Mobile Pvt.Ltd.