भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

एक वर्षकाे अवधिमा ३७ हजार भन्दा बढी क्षयरोगका बिरामी नेपालमा थपिए

एक वर्षकाे अवधिमा ३७ हजार भन्दा बढी क्षयरोगका बिरामी नेपालमा थपिए

काठमाडौं । मार्च २४ तारिखमा विश्व क्षयरोग दिवस मनाइ रहदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा नेपालमा ३७ हजार भन्दा बढी बिरामी थपिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा ३७ हजार ८ सय ६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क रहेको छ । सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चदेखि विश्व क्षयरोग दिवस मनाउने गरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षण अनुसार हरेक वर्ष ६९ हजार नयाँ बिरामी थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ । सोही सर्वेक्षण अनुसार नेपालमा हरेक वर्ष नयाँ पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगका बिरामी हुने अनुमान गरिएको छ । नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करिब दुई हजार आठ सय रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो ।

विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । सरकारले सन् २०५० भित्रमा क्षयरोगका बिरामीहरू प्रति दश लाख जनसङ्ख्यामा एक जना भन्दा कम गराउने लक्ष्य रहेको छ । क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्न पञ्च वर्षीय रणनीतिक योजना २०७८÷७९–२०८२÷८३ तयार गरी कार्यान्वयन भइरहेको जनाइएको छ ।

लगातार २ हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुन् र साँझपख मन्द ज्वरो आउनु क्षयरोगका मुख्य लक्षण हुन । क्षयरोग माइक्रोव्यटेरियम टयुवरकोलोसिस भन्ने किटाणुबाट लाग्ने सङ्क्रमण रोग हो । यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ । फोक्सो बाहेक अन्य अङ्गहरूमा पनि यो रोग लाग्ने चिकित्सकहरूले बताएका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.