भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

एक वर्षकाे अवधिमा ३७ हजार भन्दा बढी क्षयरोगका बिरामी नेपालमा थपिए

एक वर्षकाे अवधिमा ३७ हजार भन्दा बढी क्षयरोगका बिरामी नेपालमा थपिए

काठमाडौं । मार्च २४ तारिखमा विश्व क्षयरोग दिवस मनाइ रहदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा नेपालमा ३७ हजार भन्दा बढी बिरामी थपिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा ३७ हजार ८ सय ६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क रहेको छ । सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चदेखि विश्व क्षयरोग दिवस मनाउने गरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षण अनुसार हरेक वर्ष ६९ हजार नयाँ बिरामी थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ । सोही सर्वेक्षण अनुसार नेपालमा हरेक वर्ष नयाँ पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगका बिरामी हुने अनुमान गरिएको छ । नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करिब दुई हजार आठ सय रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो ।

विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । सरकारले सन् २०५० भित्रमा क्षयरोगका बिरामीहरू प्रति दश लाख जनसङ्ख्यामा एक जना भन्दा कम गराउने लक्ष्य रहेको छ । क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्न पञ्च वर्षीय रणनीतिक योजना २०७८÷७९–२०८२÷८३ तयार गरी कार्यान्वयन भइरहेको जनाइएको छ ।

लगातार २ हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुन् र साँझपख मन्द ज्वरो आउनु क्षयरोगका मुख्य लक्षण हुन । क्षयरोग माइक्रोव्यटेरियम टयुवरकोलोसिस भन्ने किटाणुबाट लाग्ने सङ्क्रमण रोग हो । यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ । फोक्सो बाहेक अन्य अङ्गहरूमा पनि यो रोग लाग्ने चिकित्सकहरूले बताएका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.