भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

एक हजार ६७७ जनामा कोरोना सङ्क्रमणः दुई हजार ७२ सङ्क्रमणमुक्त

एक हजार ६७७ जनामा कोरोना सङ्क्रमणः  दुई हजार ७२ सङ्क्रमणमुक्त

काठमाडौँ, । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ७२ रहेका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.७ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा सक्रिय सङ्क्रमित ३० हजार ३०३ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १७ रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट अहिलेसम्म १० हजार ८७९ को मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३६६.७ जनाको सङ्क्रमणका कारणले मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।

मुलुकभर हाल ५१४ जना सघन उपचार कक्ष आइसियु, १५४ जना भेन्टिलेटर, २८ हजार ३१४ जना होम आइसोलेसन, एक हजार ९८९ जना संस्थागत आइसोलेसन र २५८ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । आज ८० हजार ४०० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ ज्नाले पूर्ण मात्राको खोप लगाइ सकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.