काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे बस्ने दुबै सदनको बैठकका लागि ३२ बुँदे सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
बैठकमा सभामुखले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेस गर्ने संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
कार्यसूची अनुसार १९ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयगत अध्यादेश २०७८ स्वीकृत लागि सदनमा पेस गर्ने छन् भने सांसद प्रेस सुवालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर पेस गर्ने छन् ।
