भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

एमालेले सरकारलाई दिएको समर्थन जारी राख्ने , राष्ट्रपतिको उम्मेदवार पार्टी उपाध्यक्ष नेम्वाङ तय

एमालेले सरकारलाई दिएको समर्थन जारी राख्ने , राष्ट्रपतिको उम्मेदवार पार्टी उपाध्यक्ष नेम्वाङ तय

काठमाडाैं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन यथावत् राख्ने एमालेको निर्णय गरेको छ । शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् राख्दै सरकारबाट समेत तत्काल नबाहिरिने निर्णय गरेको हो । पुस १० गतेको निर्णयअनुसार अगाडि बढ्ने नेकपा एमालेले जनाएको छ ।

पुस १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन गर्न कांग्रेस सहितका दलहरुलाई सहमतिमा ल्याउने र आठ दलीय गठबन्धन नबनेको एमालेले जनाएको छ । यसै बैठकले नेकपा (एमाले) ले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय समेत गरेको स्रोतले जनाएको छ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएको हो ।

 


Thali Mobile Pvt.Ltd.