काठमाण्डौं । नेकपा एमालेसँग मिलेमतो गरेर पार्टीको हित विपरीत क्रियाकलाप गरेको भन्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीको निर्णय उल्लङ्घन गर्ने र एमालेसँग मिलेर बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले उनलाई पार्टीबाटै हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
मल्ल कांग्रेस डडेल्धुराका निवर्तमान पार्टी सभापति समेत हुन ।
