भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारतमा चार नेपालीको मृत्यु

भारतमा चार नेपालीको मृत्यु

कञ्चनपुर । सीमावर्ती भारतीय बजार वनबासा नजिकै पर्ने खटियास्थित चरकपुरमा भएको सडक दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ ।

उल्टाखाममा पूजापाठ सकेर भारतको उत्तराखण्ड खटिमास्थित मुडेलीतर्फ फर्किने क्रममा विपरित दिशाबाट गुडिरहेको कारले ठक्कर दिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । वनबासा हुँदै दुईवटा स्कूटरमा खटियातर्फ गइरहेका बेला दुर्घना भएको हो ।

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम घर भएका नेमबहादुर चन्द, उनकी श्रीमती सरस्वती, बुहारी नर्मदा र भाइ बुहारी कल्पना चन्दको मृत्यु भएको हो । चकरपुरमा उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‌याउने बित्तिकै मृत घोषित गएिको थियो । मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.