२३ असार २०७७ काठमाडौं । नेकपाको आन्तरिक द्वन्द्व समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि वान टु वान वार्ता जारी छ । एकताको मर्मअनुसार अघि बढ्ने समझदारीका साथ विवाद टुंग्याउने प्रयासमा रहेका अध्यक्षद्वय वार्तामा जुटेका हुन् ।
ठोस समाधान निस्किन नसकेकोले आज वान टु वान वार्तामा बसीरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । आजको वार्ता निर्णायक हुने नेताहरूले विश्वास गरेका छन् । प्रधानमन्त्री सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै नेता माधवकुमार नेपाल समूहले दुवै पदबाट ओलीको राजीनामा मागिरहेका छन् ।
हिजो डेढ घण्टा वार्तामा बसेका दुई अध्यक्षबीचको छलफल आज निष्कर्षमा पुग्ने समझदारी भएको जनाइएको छ । प्रधानमन्त्रीबाट ठोस कुरा नआएका कारण प्रचण्डले आज वार्तालाई गोप्यढंगबाट अगाडि बढाएकाले निर्णायक विन्दुमा पुग्ने नारायणकाजी श्रेष्ठले बताए । अध्यक्षद्वयको एक्लै वार्तामा बसेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने रुष्ठ भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

