२३ असार २०७७ काठमाडौं । पाटन अस्पतालमा गोरखाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
उपचारका लागि पाटन अस्पताल ल्याएर उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति मृत्यु भएको पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माले बताए । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
