भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कर्णाली प्रदेश लोकसेवाले माग्यो अहेवसहित ३७३ जना कर्मचारी

कर्णाली प्रदेश लोकसेवाले माग्यो अहेवसहित ३७३ जना कर्मचारी

सुर्खेत । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि कर्णाली प्रदेश लोकसेवा आयोगले ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ ८५ जना, नायव प्राविधिक सहायकतर्फ १६ जना, पशुस्वास्थ्य प्राविधिक तर्फ ६९ जना सहायक महिला विकास निरीक्षक १३ जना, कम्प्युटर अपरेटर ४ जना, अनमी ७० जना, अहेब ४८ जना, वैद्य ४ जना र ल्याब असिस्टेन्ट १० जना मागेको हो ।

खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ । उक्त कोटामा योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा फागुन १६ र अतिरिक्त शुल्क तिरेर फागुन २३ गते सम्म दरखास्त दिन सकिने छ ।

अप्राविधिकको प्रथम पत्र वैशाख १७, प्राविधिकको जेठ ६ देखि २१ सम्म र महिला विकासको जेठ ५ मा परीक्षा हुने आयोगले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.