काठमाण्डौ । ७० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । काठमाण्डौको बालाजु बाइपासबाट ७० लाख रुपैयाँसहित एकजना पक्राउ परेका हुन ।
नुवाकोटको ककनी घर भएका २९ वर्षीय नवराज ढुंगाना ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ढुङ्गानालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले महानगरिय प्रहरी परिषर काठमाडौले जनाएको छ ।
