कर्णाली प्रदेश सरकारले दियाे एक लाख राहत

कर्णाली प्रदेश सरकारले दियाे एक लाख राहत

काठमाडौं । कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाखका दरले राहत रकम कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको छ । सुर्खेतका ८९, जाजरकोटका १०, दैलेखका १९, रुकुम पश्चिमका ११, सल्यानका २३, कालिकोटका ६, जुम्लाका १०, हुम्ला र मुगुका एक र एक घरपरिवारलाई गरी कर्णाली प्रदेशका १० जिल्लाका १ सय ७१ जना मृतकका परिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराइएको हो ।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको घरपरिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय
गत बैशाख २० गते प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको थियो ।

 


Thali Mobile Pvt.Ltd.