कांग्रेसको केन्द्रीय समिति बैठक प्रविधिमैत्री हुने

कांग्रेसको केन्द्रीय समिति बैठक प्रविधिमैत्री हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने छ । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको काँग्रेसले जनाएको छ ।

विधानमा केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था भएपनि हाल १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

३३ जना सभापतिले मनोनित गर्न पाउने भएपनि हाल १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.