भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घटेन भिडभाड, थप कडाई गर्नु जरुरी

घटेन भिडभाड, थप कडाई गर्नु जरुरी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा सार्वजनिक र निजी गाडीमा भिडभाड हटेको छैन् । उपत्यकामा जोरबिजोर प्रणाली लागू भएको एक हप्ता वितेपनि भिडभाड हटेको छैन् । सरकारको निर्णय अव्यावहारिक भएको भन्दै यात्रु र यातायात व्यवसायीले आलोचना गर्दै आएका छन् भने जोरबिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ । कोरोनाको कहरमा चलेका गाडीमा भिडभाड बढेको छ ।

गृह मन्त्रालयले जोरबिजोर प्रणाली लागू गर्दा भिडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ । केही दिनमा निर्णय परिमार्जन हुनसक्ने गृहमन्त्रालयले जनाएको छ । अन्य क्षेत्रलाई खुला गरेर यातायातमा मात्रै कडाइ गर्दा भिड भएको गुनासो आइरहेको गृहमन्त्रालयको भनाई छ । जोरबिजोर प्रणाली हटाउनबारे काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तयार देखिए पनि गृह मन्त्रालयले निर्णय गरिसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.