भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

कांग्रेस जिल्ला सभापतिहरुको भेलामा १४ बुँदे प्रतिवद्धता पारित

कांग्रेस जिल्ला सभापतिहरुको भेलामा १४ बुँदे प्रतिवद्धता पारित

काठमाडौं । १४ बुँदे प्रतिवद्धता पारित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकिएको छ । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने प्रतिबद्धता जनाउदै काँग्रेस जिल्ला सभापतिहरुको भेला सकिएको हो ।

पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भ्रातृ संस्थालाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको, गुटको राजनीतिले पार्टी समस्यामा रहेको असन्तुष्टि सभापतिहरुले राखेका थिए ।

ती विषयहरुलाई केन्द्रीय समितिको बैठकमा उठाउने वचन दुई महामन्त्री बैठकमा गगन थापा र विश्वप्रकाश शर्माले जनाएका छन् । भेला क्रियाशील सदस्यता र त्यसलाई कसरी प्रविधिमैत्री बनाउने र कहिले कहिले अधिवेशन गर्ने भन्ने विषयमा केन्द्रित रहेको महामन्त्री शर्माले जानकारी दिनुभयो ।

 

 


Thali Mobile Pvt.Ltd.