भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौंको माइतीघर मण्डलामा राहत शिक्षकहरुको प्रदर्शन

काठमाडौंको माइतीघर मण्डलामा राहत शिक्षकहरुको प्रदर्शन

काठमाडौं । राहत शिक्षकहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । शिक्षकहरुले आफ्नो आन्दोलन बिहिबार पनि जारी राखेका हुन । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भए पनि उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिइरहेका हुन् ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन । शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् ।

काठमाडौं उपत्यकामा इन्द्र जात्राको सार्वजनिक बिदा भएपनि राहत शिकक्षकहरु विदाको दिन नभनी आन्दोलन गरिरहेका छन् । उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.