भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सकहरुको चेतावनी

कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सकहरुको चेतावनी

काठमाडौं । बारम्बार चिकित्सकमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलित भएका छन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध गरिरहेका छन् । उनीहरुले विहिबार पनि आन्दोलन जारी राखेका हुन ।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग गरेका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेकाछन् ।

दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने चिकित्सकहरुको भनाइ रहेको छ । बिरोध प्रदर्शनका क्रममा आन्दोलनरत चिकित्सकहरुले सरकारले सहमति गरेर मात्रै नपुग्ने बताउँदै पक्राउ गरेर कारबाही समेतको माग गरेका छन् । उनीहरुले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.