भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोटमा

प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोटमा

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका छन् । बुधबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन् ।

ओली र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन रेशम चौधरीमाथि दबाब दिन छलफल बढाएको सचिवालयले जनाएको छ । एमाले अध्यक्ष ओलीले यसअघि माघ महिनाभित्रै रेशम चौधरीको रिहाइ गर्ने प्रतिवद्धता जनाएका थिए ।

सुदूरपश्चिम सरकार बन्ने बेला र सभामुख निर्वाचनका बेलासमेत ओलीले एक महिनाभित्र रिहाइ गर्ने बताएका थिए । तर ओलीले दिएको समयसीमामा रिहाइ नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीका नेताहरू संशकित बन्दै विश्वासको मत नदिने अभिव्यक्ति दिएका छन् ।

बालकोटमा पुस १० मा दाहाल प्रधानमन्त्री हुने र राष्ट्रपति एमालेले लिने मुख्य सहमित भएको दुवै पार्टीका नेता स्वीकार गर्छन् । सभामुख आधा–आधा कार्यकाल लिने सहमति भएको थियो।

जस अनुरूप एमालेबाट देवराज घिमिरे सभामुख भएका छन्। प्रधानमन्त्री र सभामुखमा सम्झौताअनुसार परिणाम पनि आइसकेका छन्। तर, अब राष्ट्रपतिका विषयमा भएको सम्झौता के हुन्छ भन्ने चर्चाको विषय बनेको छ।

 


Thali Mobile Pvt.Ltd.