काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर उठाउँदिनँ भन्न नमिल्ने उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तर्क गरेका छन् । कुनै एउटा सन्दर्भलाई लिएर काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भनेको प्रसङ्गलाई उद्धृत गर्दै उनले त्यस्तो भन्न नमिल्ने बताएका हुन ।
सङ्घीय सरकारले सहयोग नगरेको भन्दै मेयर शाहको निर्देशमा सिंहदरबारको फोहोर उठेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि मन्त्रिपरिषद्को बैठकले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी महानगरपालिकाकै भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको छ ।
काठमाण्डौ महानगरपालिकाले कुनै एउटा सन्दर्भलाई लिएर सिंहदरबारको फोहोर नउठाउने, राष्ट्रपति कार्यालयको फोहोर उठाउँदिनँ, बालुवाटारको फोहोर उठाउँदिनँ भन्न मिल्ला नि नमिल्ला ? एकचोटि यसो छातीमा हात राखेर सोचिदिनु भए धेरै गुण लाग्थ्यो ।’
