काठमाडौं । सरकारले मानपदमी, अलंकार र पदक वितरणमा ३४ करोड ५८ लाख खर्च गरेको छ । तामझामसाथ वर्षेनी बाँड्ने गरेकोवितेको तीन वर्षको अवधिमा सरकारले उक्त रकम ३४ करोड ५८ लाख रुपैयाँ खर्च गरेको हो । विभूषण तयार गर्न लाग्ने लागत वर्षेनी बढ्दै गएको भन्दै महालेखाले लागतमा कमी ल्याउन तथा विभूषित हुने संख्या निश्चित गरी खर्च नियन्त्रण गर्न उल्लेख गरेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६ र ७७, २०७७ र ७८ र २०७८ र ७९ सम्म यो रकम खर्च भएको छ ।
तीन वर्षको अवधिमा सरकारले १५ सय ७३ जनालाई तक्मा बाँडेको छ । यसका लागि ३४ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये २ सय ७४ जनाले तक्मा बुझेका छैनन् ।
