भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

काठमाण्डौ महानगरपालिकाका मेयर शाह एक्शनमा, भत्काए अवैध संरचना

काठमाण्डौ महानगरपालिकाका मेयर शाह एक्शनमा, भत्काए अवैध संरचना

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको छ । नक्सा पासमा उल्लेख भएभन्दा फरक ढङ्गले बनाएका संरचना महानगरपालिकाले भत्काएको हो । महानगरपालिकाका मेयर बालेन्द्र साहकै उपस्थितिमा अवैध संरचना डोजर लगाएर सुन्धाराको काठमाण्डौ मलमा रहेका अवैध संरचना हटाएको छ ।

सोमवार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले भत्काउने कामलाई तीव्रता दिएको छ । महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो भने काठमाण्डौका सबै अन्डरग्राउन्डलाई पार्किङ बनाएमा पार्किङको २५ प्रतिशत समस्या समाधान हुने एक अध्ययनअनुसार देखाएको छ ।

महानगरले बुधबार न्युरोडको रञ्जना गल्लीमा रहेका अवैध पसल र संरचनामा पनि डोजर चलाएको छ । मेयर बालेन्द्र साहसहितको महानगरको टोलीलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीको समेत सहयोग रहेको छ । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डसहितको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी सडकमा पार्किङ गर्ने व्यवस्थाको अत्य गर्ने जनाएको छ । महानगरले न्युरोडको आरबी कम्प्लेक्समा समेत नक्सामा उल्लेख भएभन्दा बाहिरका संरचना हटाएको छ ।

 


Thali Mobile Pvt.Ltd.