भर्खरै : Sorry, your browser does not support inline SVG.

काभ्रे एमालेका नगर सह–इञ्चार्ज र उपसचिव सत्ता गठबन्धनमा प्रवेश

काभ्रे एमालेका नगर सह–इञ्चार्ज र उपसचिव सत्ता गठबन्धनमा प्रवेश

काभ्रे । नेकपा एमाले काभ्रे धुलिखेल नगर कमिटी सह–इञ्चार्ज र खानीखोला गाउँपालिका कमिटीका उपसचिव सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जिल्ला कमिटी सदस्य एवं धुलिखेल नगर कमिटी सह इञ्चार्ज यसबहादुर तामाङ र युवा संघ नेपालका केन्द्रीय सदस्य एवं खानीखोला गाउँपालिका कमिटीका उपसचिव विरेन्द्र ब्लोन नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र पनौती नगर कमिटीले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा उनीहरूसहित केही युवाहरू एमाले पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका बताइएको छ।

नवप्रवेशीहरूलाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार सूर्यमान दोङले टीका लगाएर स्वागत गरे।

 


Thali Mobile Pvt.Ltd.