भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

किन रोकियो निर्माणधीन तीन वटा सडकको काम

किन रोकियो निर्माणधीन तीन वटा सडकको काम

दाङ । सरकारी कार्यालयबीचको समन्वय भावमा दाङमा निर्माणधीन तीन वटा सडकको काम रोकिएको छ । दुई वटा सडक पूर्वाधार कार्यालय र बँगलाचुली गाउँपालिकाको समन्वय अभावले सडको काम रोकिएको हो । वातावरण प्रभाव मूल्याङ्कन बिना नै वन क्षेत्रबाट सडक निर्माण गर्न थालेपछि डिभिजन वन कार्यालयले रोकेपछि बबई गाउँपालिकाको हापुरेबाट गँगटे जोड्ने १८ किलोमिटर सडकको काम चार महिनादेखी रोकिएको जनाइएको छ ।

बँगलाचुली गाउँपालिकाको गौरवको योजना अन्तर्गतको घोराही उपमहानगरपालिको १ मुलाबारीबाट सिमलतारा, हासीपुर, जबरकोट जोड्ने सडक स्तरउन्नति गर्नको लागि पनि ५ करोड ९ लाख बजेट विनियोजन भएपनि यो सडकको स्तर उन्नतिको काम पनि भएको छैन । बंगलाचुली गाउँपालिकाले आफै प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कन गर्न थालेको र आफैले मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेर नियम विपरीत काम गरेकाले सच्च्याएर मात्र काम गर्न डिभिजन वन कार्यालय दाङले रोकेको छ ।

 


Thali Mobile Pvt.Ltd.