भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

किन रोकियो निर्माणधीन तीन वटा सडकको काम

किन रोकियो निर्माणधीन तीन वटा सडकको काम

दाङ । सरकारी कार्यालयबीचको समन्वय भावमा दाङमा निर्माणधीन तीन वटा सडकको काम रोकिएको छ । दुई वटा सडक पूर्वाधार कार्यालय र बँगलाचुली गाउँपालिकाको समन्वय अभावले सडको काम रोकिएको हो । वातावरण प्रभाव मूल्याङ्कन बिना नै वन क्षेत्रबाट सडक निर्माण गर्न थालेपछि डिभिजन वन कार्यालयले रोकेपछि बबई गाउँपालिकाको हापुरेबाट गँगटे जोड्ने १८ किलोमिटर सडकको काम चार महिनादेखी रोकिएको जनाइएको छ ।

बँगलाचुली गाउँपालिकाको गौरवको योजना अन्तर्गतको घोराही उपमहानगरपालिको १ मुलाबारीबाट सिमलतारा, हासीपुर, जबरकोट जोड्ने सडक स्तरउन्नति गर्नको लागि पनि ५ करोड ९ लाख बजेट विनियोजन भएपनि यो सडकको स्तर उन्नतिको काम पनि भएको छैन । बंगलाचुली गाउँपालिकाले आफै प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कन गर्न थालेको र आफैले मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेर नियम विपरीत काम गरेकाले सच्च्याएर मात्र काम गर्न डिभिजन वन कार्यालय दाङले रोकेको छ ।

 


Thali Mobile Pvt.Ltd.