बुर्किना फासो । बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट हुँदा ६० जनाको मृत्यु भएको छ । दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा रहेको अस्थायी सुन खानीमा विष्फोट हुँदा ६० जनाको ज्यान गएको हो । घटनामा कयौँ घाइते भएको जनाइएको छ । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनाबारे छानबिन थालिएको र शंकास्पद एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुर्किना फासो अफ्रिकाको सबैभन्दा बढी सुन उत्पादन गर्ने देश हो । सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो ।
